दाङ : दाङको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउनजिकै फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ । नेपाली सेनाको रणसिंह दल गण घोराहीबाट खटिएको डिस्पोजल टोलीले आइतबार साढे ११ बजे डिस्पोज गरेको प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले बताए ।
उनका अनुसार लमही नगरपालिका(७ स्थित पदमनी खोलाको २०० मिटरको दक्षिणतर्फ सडक छेउमा गएराति ११ बजे शंकास्पद अवस्थमा भेटिएको थियो । राति नै डिस्पोज गर्न सम्भव नभएपछि नेपाली सेना आज बिहान करिब ७ बजे घटनास्थल पुगेको थियो ।
नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु सडक छेउमा फेला परेपछि पूर्व-पश्चिम राजमार्ग बिहानबाट एकतर्फी खोलेर डिस्पोज गर्ने कार्य सुरु गरिएको थियो । अहिले राजमार्ग पूर्णरुपमा खुला गरी सवारी साधान सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ ।
उक्त वस्तु कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक रिजालले बताए ।