गृहपृष्ठ Featured ओलीको कटाक्ष : एमसीसी सम्झौता गर्नेलाई ढुंगा हान्दैनन्, मलाई हान्छन्

ओलीको कटाक्ष : एमसीसी सम्झौता गर्नेलाई ढुंगा हान्दैनन्, मलाई हान्छन्

प्रकाशित मिति:

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्ने र एमसीसीको विरोधमा उत्रने सत्ता गठबन्धन आबद्ध दलहरुको कार्यप्रति कटाक्ष गरेका छन् ।

एमसीसीको प्रक्रियामा भाग लिँदै आएका पार्टीका पूर्वनेताहरुलाई ढुंगा नहानिएको तर आफूलाई हानेको भन्दै ओलीले रोष व्यक्त गरेका छन् ।

“एमसीसीका लागि चिठ्ठी पठाउने झलनाथ खनाललाई ढुंगा हानिन्न । बाबुराम भट्टराईलाई हानिन्न । ठिक छ भनी सही गर्ने महरालाई हानिन्न,” ओलीले भने,“कांग्रेसले पास गर्नुपर्छ भन्छ । उसलाई ढुंगा हानिन्न । सम्झौता गर्नेलाई कसैले ढुंगा हान्दैन । म बाटोमा हिँड्छु । ढुंगा हान्छन् ।”

ओलीले पाँच दलीय सत्ता गठबन्धनमा सहभागी दलका नेताहरुलाई निर्वाचनको घोषणा भएपछि चुनावमा कसरी जाने भनेर भोक, निद्रा लाग्न छोडेको बताए ।

उनले भने,“निर्वाचनको मिति घोषणा भएपछि नेताहरुलाई भोक लाग्न छोड्यो, निद्रा लाग्न छोड्यो ।”

सरकारमा बस्नेले आफ्ना कार्यकर्ता पठाएर बाटो भत्काउन लगाएका आरोपसमेत लगाए । आफूले सरकार छोडेपछि विकासको कुरै नसुनेको उनको भनाइ थियो ।

 

सम्बन्धित् समाचार