तानसेन : कालीगण्डकी करिडोरको राम्दी रामपुर सडकखण्डको हुगीमा मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा लु ७ प ५०४३ नम्बरको मोटरसाइकल चालक १७ वर्षीय संदिप न्यौपाने रहेका छन् । सोही घटनामा अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ।
हुगीबाट रामपुर जाँदै गरेको मोटरसाइकल हुगीमा दुर्घटना हुँदा घाइते भएका संदिप न्यौपाने र मोटरसाइकलको पछाडि रहेका रामपुर नगरपालिका वडा नं। १० सिकोडाडाका २५ वर्षीय उमाकान्त चापागाई लाई प्रहरीले उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज पठाएको थियो ।
न्यौपानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए । उनका अनुसार घाइते चापागाईको उपचार भइरहेको छ। मोटरसाइकल सडकबाट करिब १० मिटर तल खसेको थियो।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।