कपिलबस्तु : कपिलबस्तु नगरपालिका वडा नं. १० को नवनिर्मित भवनको उद्घाटन एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । कपिलबस्तु नगरपालिकाको नगर प्रमुख किरण सिंहले सो भवनको उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख सिंहले नगर बासिहरुलाई वडाबाटै सहज रुपमा वडाबासिहरुलाई सेवा दिने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो ।
करिब ३ वर्षदेखि घर भाडामा लिएर वडा कार्यालय संचालन गर्दै आएको थियो । नगर प्रमुख सिंहले अब नगरपालिकाको सबै १२ वटै वडा कार्यालयको आफनै भवन भएको बताउनुभयो । उहाँले वडा नम्बर २, ३, ४ मा समेत नया भवन बनेको र बाकी वडामा भवन मर्मत गरी वडा कार्यालय संचालन हुदै आएको बताउनुभयो । वडा कार्यालयलाई पुर्वाधार र प्रबिधि मत्रै बनाउन नगरपालिकाले हर तरहले कोशिश गरेको बताउनुभो ।
नव निर्मित भवनको निर्माण तपेश्वरी निर्माण सेवाले ९९ लाखमा निर्माण गरेको वडाध्यक्ष मोहनलाल शर्माले बताउनुभयो । कार्यक्रममा वडा भित्रका शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र लगायतका बिभिन्न क्षेत्रमा काम गर्ने १ सय ५ जनालाई कदर पत्रले सम्मानित गरिएको थियो ।

सो अवसरमा मेयर सिंह र नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठलाई समेत वडाध्यक्ष शर्माले सम्मानित गरेका थिए । वडालाई बालमैत्री वडा घोषणा गर्न योगदान दिनेहरुलाई समते सम्मानित गरिएको थियो । सो अवसरमा ५ बर्ष बित्न लागको कार्यकालमा वडाको आफनै भवन निर्माण भई उद्घाटन समेत गरिएकोमा वडाध्यक्ष शर्माले खुशी ब्यक्त गरे । उहाँले आफुले वडाबासीलाई आफनो बलबुताले भ्याए सम्म सेवा दिएको दाबी गरे ।








