गृहपृष्ठ Featured रुस-युक्रेन उच्चस्तरीय शान्ति वार्ता सुरु

रुस-युक्रेन उच्चस्तरीय शान्ति वार्ता सुरु

प्रकाशित मिति:

युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच शान्ति वार्ता सुरु भएको छ । युक्रेन र बेलारुसको सीमा क्षेत्रमा सोमबार उच्चस्तरीय वार्ता सुरु भएको हो । वार्ता सुरु भएसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबका २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण रहने प्रतिक्रिया दिएका छन् ।

यसैबीच युक्रेनको सेनाले अहिले रुसी आक्रमणको गति सुस्त भएको जनाएको छ । रुसी सेनाले केही दिनदेखि नै युक्रेनमा आक्रमण गरिरहँदा मृत्यु हुने आम नागरिकको संख्या ३५२ पुगेको छ । जसमध्ये १४ जना बालबालिका पनि मारिएको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वार्ताको मुख्य एजेन्डा युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने बताइएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेको ५ औं दिनमा दुई देशबीच वार्ता सुरु भएको हो ।

सम्बन्धित् समाचार