गृहपृष्ठ Featured संसदको सम्भावित कार्यसूची : प्रेम आलेले दुई विधेयक पेश गर्ने

संसदको सम्भावित कार्यसूची : प्रेम आलेले दुई विधेयक पेश गर्ने

प्रकाशित मिति:

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि बुधबार दिउँसो १ बजे बैठकका लागि मंगलबार साँझ सार्वजनिक कार्यसूचीमा एउटा प्रतिवेदन र दुई वटा विधेयक पेश गर्ने उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत आवको राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

फागुन १५ गते बसेको प्रतिनिधिसभा बैठकले एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

सम्बन्धित् समाचार