काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । सरकारी निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार सुरुमा अध्यक्ष नेपाल बालुवाटार आएका थिए । उनसँग वार्ता सकिएपछि माओवादी अध्यक्ष प्रचण्डसँग देउवाले छलफल गरेका थिए ।
दुबै नेतासँग एमसीसी अनुमोदनपछिको सिर्जित अवस्था, समयमै कार्यान्वयन, संसदको अवरोध अन्त्य गराउने प्रयास, मन्त्रिमण्डल विस्तार (उद्योग र रक्षा मन्त्री छनोट), एमसीसीले माओवादीमा देखिएको आन्तरिक विवाद, स्थानीय तहको निर्वाचनमा गठबन्धनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमसीसी अनुमोदनलाई लिएर पछिल्लो समय माओवादी केन्द्रभित्र पैदा भएको असन्तुष्टिले पार्टी नै विभाजनको संघारमा पुगेको छ । पार्टी विभाजन भए त्यसको असर सत्ता गठबन्धनमा पनि पर्नेछ ।