गृहपृष्ठ Featured बेइजिङ पाराओलम्पिकमा रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध

बेइजिङ पाराओलम्पिकमा रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध

काठमाण्डौ : रुस र बेलारुसका खेलाडीले चीनको बेइजिङमा हुने शीतकालीन पाराओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) ले युक्रेनमा गरेको अमानवीय आक्रमणका कारण रुसका खेलाडीलाई प्रतिबन्ध लगाइएको र रुसलाई सहयोग गरेका कारण बेलारुसका खेलाडीलाई पनि प्रतिबन्ध लगाइएको जनाएको छ ।

आईपीसीले हिजो बुधवार रुस र बेलारुसका खेलाडीले आफ्नो देशको झण्डा नभइ स्वतन्त्र खेलाडीको रूपमा आईपीसीकै झण्डामुनि रहेर खेल्नुपर्ने बताएको थियो । तर रुस र बेलारुसका खेलाडीलाई प्रतिबन्ध नै लगाउनुपर्ने आवाज उठ्दै गएपछि यस्तो निर्णय लिइएको आईपीसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘यो तपाईँहरू आफ्नै सरकारको कार्यको सिकार हुनुभएको छ’, आईपीसीका अध्यक्ष एन्ड्रयु पार्सन्सले भन्नुभएको छ । शीतकालीन पाराओलम्पिकको उद्घाटन आज शुक्रवार चीनको बेइजिङमा हुँदैछ, खेलहरू भने भोलि शुक्रवारदेखि सुरु हुँदैछ ।

सम्बन्धित् समाचार