तनहुँ : नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दमौली प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्णविक्रम शाह ९पल शाह०लाई थप १२ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
७ दिनको म्याद अपुग भएकाले थप म्याद माग्दा जिल्ला अदालतबाट १२ दिनको समय प्राप्त भएको तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले ईकान्तिपुरलाई बताए ।
यसअघि ७ दिनको समय लिएर बयान तथा अनुसन्धान गरिरहेको प्रहरीले अब थप १२ दिनको समय पाएको छ । कलाकार शाह आइतबारदेखि दमौलीको हिरासतमा थुनामा छन् । उनीविरुद्ध नवलपरासीमा पनि जबर्जस्ती करणीको मुद्दा परेको थियो ।