कपिलवस्तु ।
१२ औँ कपिलवस्तु महोत्सव नजिकिदैं गर्दा तयारी तीब्र रुपमा अघि बढेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंले यहीँ चैत्र ३ गतेदेखि १३ सम्म सञ्चालन गर्न लागेको महोत्सवलाई भव्य रुपमा सफल पार्न तयारी तीब्र रुपमा अघि बढाएको हो ।
अहिलेसम्म कम्पाउण्ड लगाउने काम पूर्ण रुपमा सकिएको छ भने स्टल बनाउने कामको थालनी गरि सकिएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।
अहिलेसम्म एघारौं महोत्सव सम्पन्न भईसकेको र सोही महोत्सवका अनुभवहरुलाई आत्मसात गर्दै लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट महोत्सव बनाउने उनले दाबी गरे ।
पहिलेका महोत्सवभन्दा अहिलेको महोत्सवमा दर्शकहरुले ऐतिहासिक प्रवेशद्धार, शिवको मूर्ति, हिमाल, बुद्धको मूर्ति लगायत कृषिका स्टलहरु महोत्सवभित्र अवलोकन गर्न सक्ने अध्यक्ष घिमिरेले वैखरी अनलाइलाई बताए ।
महोत्सवमा विशेष गरि घरेलु उत्पादनलाई जोड दिईने उनको भनाई छ । कपिलवस्तुलाई लुम्बिनी प्रदेशकै पर्यटकिय ‘हब’ को रुपमा विकास गर्ने बताउँदै अध्यक्ष घिमिरेले महोत्सवमा २ लाख बढी दर्शक उतार्ने समेत दाबी अध्यक्षले गरेका छन ।
जिल्लामा रहेका उत्कृष्ट पर्यटकिय स्थलहरुको संरक्षण, संवद्र्धन गर्ने उद्देश्यका साथ तयारी अघि बढेको उनले बताए ।
महोत्सवका संयोजक समेत रहेका घिमिरेले महोत्सवलाई सफल पार्न विगतमा सम्पूर्णको साथ सहयोग प्राप्त भएको र अब पनि त्यो साथले निरन्तरता पाउँने महासचिव मनोज पौडेलले विश्वास व्यक्त गरे ।
महोत्सवलाई थप नयाँपन दिलाउँदै आकर्षणको केन्द्र बनाउँन सबै आआफ्नो ठाउँबाट लागी परेको महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताए ।
१२ औँ कपिलवस्तु महोत्सवलाई ऐतिहासिक र देशका अरु महोत्सव भन्दा भिन्न बनाउने गरि तयारी अघि बढिरहेको उनले दाबी गरे । महोत्सवमा विभिन्न जातजातीको परम्परागत भेषभूषा, संस्कृति झल्किने क्रियाकलाप, सेल्फी जोन, दशौँ कपिलवस्तु डान्स आइडल रहने निर्देशक रेश्मीको भनाई छ ।
छन् ।
विगतका महोत्सवमा २० बढी होटलका स्टलहरु रहदै आएको भएता पनि यस पटक मात्र १० वटा सुविधा सम्पन्न होटलमार्फत सेवा दिने होटल व्यवसायीहरुबीच सहमति समेत भइ सकेको छ ।
सघंले महोत्सवलाई सफल पार्न सघंले यस क्षेत्रका विभिन्न महत्वपुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गर्दै आएको छ ।