गृहपृष्ठ Featured श्री कैलाश आश्रम नन्दनगरलाई एक लाख ५० हजार रुपैयाँ सहयोग

श्री कैलाश आश्रम नन्दनगरलाई एक लाख ५० हजार रुपैयाँ सहयोग

सागर वि.क.(वैखरी अनलाईन) : मुक्तिनाथ विकास बैंक जीतपुर शाखाले धार्मिक पर्यटकीय स्थल श्री कैलाश आश्रमलाई आर्थिक सहयोग गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ नन्दनगरमा रहेको उक्त आश्रमलाई बैंकले आज एक कार्यक्रमका बीच एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । ब्रह्मनिष्ठ सन्त शिरोमणी श्री लोकानन्द स्वामीको विशेष उपस्थितिमा मुक्तिनाथ विकास बैंकका बुटवल क्षेत्रीय प्रबन्धक राजेन्द्र घिमिरे, जीतपुर शाखा प्रबन्धक लेखेन्द्र जि.सी.ले आश्रम समितिका अध्यक्ष कर्ण बहादुर घर्ती मगर तथा वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेललाई उक्त आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले आश्रमको थप विकासका निम्ति आर्थिक सहयोग प्रदान गरिएको क्षेत्रीय प्रबन्धक राजेन्द्र घिमिरेले बताउनुभयो । धार्मिक पर्यटकीय स्थल श्री कैलाश आश्रममा निर्माणधिन भौतिक संरचनामा बैंकले गरेको आर्थिक सहयोगले केही भए पनि मद्दत मिल्ने बैंकका जीतपुर शाखा प्रबन्धक लेखेन्द्र जि.सी.ले विश्वास व्यक्त गर्नुभएको छ । आश्रम समितिका अध्यक्ष कर्ण बहादुर घर्ती मगरले बैंकको यो सहयोगले आश्रमलाई थप व्यवस्थित तथा संरचना निर्माणमा थप टेवा मिल्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।

यस्तै वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले बैंकले आर्थिक कारोबार संगै सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै बैंकलाई धन्यवाद दिनुभएको छ । आगामी दिनमा पनि बैंकले यस्ता उदाहरणीय कार्य गर्दै जानेमा आफु आशावादी रहेको वडाध्यक्ष पौडेलको भनाई छ ।

सम्बन्धित् समाचार