कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका- ११ ओदारीमा हिजो भएको दुर्घटनाको विषयलाई लिएर आक्रोशित स्थानियले बन्द गरेको सड्क खुलेको छ । तौलिहवाबाट काठमाण्डौ जाँदै गरेको एमपि ०८ जिए ४०६८ नम्बरको भारतिय आइसर ट्रकले विपरित दिशाबाट आउदै गरेको लु १ ह १९२३ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बाणगंगा ११ का अनिल मगरको घटना स्थलमै ज्यान गएको थियो । ट्रक ड्राईभरको गम्भीर लार्पवाहीका कारण ज्यान गएको भन्दै स्थानियले हिजोदेखि नै सड्कमा टायर बालेर सड्क अवरुद्ध गराएका थिए ।
आक्रोसित स्थानीयले हिजो ओदारीमा रहेको प्रहरी विटमा तोड्फोड समेत गरेका थिए । सयौको संख्यामा जम्मा भएर विरोध जनाएपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुज्ञास प्रहार गरेको थियो । चालकको लापवाहीले स्थानीयको ज्यान गएको भन्दै चालकलाई हद सम्मको कारवाहीको माग गर्दै स्थानीय विरोधमा उत्रिएका हुन् । हिजोराती देखि तनावग्रस्त बनेको ओदारीमा अहिले भने जनजीवन सामान्य बनेको छ । पिडित पक्ष संग ८ बुँदे लिखित सम्झौता भएपछि सडक खुलेको हो ।
सम्झौत अनुसार दुर्घटनामा ज्यान गुमाएका मगरका परिवारलाई उचित क्षतीपुर्ति, चालकलाई कडा कार्वाही, ओदारी प्रहरी विटका प्रमुख परिवर्तन, प्रत्यक्षदर्शीको भनाई र घट्नास्थल अनुसार करिव ८० मिटर घिसारेर ज्यान गएको हुदाँ सजाय हँदै सम्मको हुनुपर्ने लिखित सम्झौतापछी सड्क खुलेको हो । अहिले स्थिति सामान्य बनेको छ । स्थानीयबासीहरु आन्दोलमा उत्रदै ओदारी प्रहरी चौकीमा तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३८ राउन्ड अश्रुग्यास र ५ राउन्ड हवाई फायर समेत गरेको थियो ।








