गृहपृष्ठ Featured अन्तर्राष्ट्रिय नारी दिवस : लायन्स क्लव अफ कपिलवस्तु ‘दिदी-बहिनी’ द्धारा खेलकुद प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवस : लायन्स क्लव अफ कपिलवस्तु ‘दिदी-बहिनी’ द्धारा खेलकुद प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : लायन्स क्लव अफ कपिलवस्तु ‘दिदी बहिनी’ ले खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । मंगलबार क्लवले ११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न गरेको हो । बाणगंगा नगरपालिका वडा नं.३ राजपानीमा क्लवका दिदी बहिनीहरुबीच खेलकुद प्रतियोगिता सम्पन्न गरेको क्लवका अध्यक्ष सविता पौडेल सापकोटाले वैखरी अनलाईनलाई जानकारी दिनुभयो । नारी दिवसलाई विशेष किसिमले बनाउन पर्छ भन्ने लागेर खेलकुद प्रतियोगिता गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

महिलाका हक अधिकारको सुनिश्चताका निम्ति पनि लायन्स क्लव अफ कपिलवस्तु ‘दिदी बहिनी’ सदैव प्रतिवद्ध रहेको उहाँको भनाई छ । क्लवका संस्थापक अध्यक्ष लक्ष्मी गैरेले क्लवले नारी दिवसको अवसरमा खेलकुद प्रतियोगिता गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

उक्त अवसरमा क्लवका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले एक आपसमा ११२ औ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष अनिता क्षेत्री, कोषाध्यक्ष भगवतीदेवी रेग्मी भूसाल, सहकोषाध्यक्ष सिता भण्डारी घिमिरे, सहसचिव पुजा पौडेल लगायत क्लवका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार