पछिल्लो २४ घन्टामा थप दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा ६ हजार नौ सय ३६ जनामा पिसिआर परीक्षण गर्दा ६८ जना र एन्जिटेन विधिबाट तीन हजार एक सय ५६ जनामा परीक्षण गर्दा एक सय ५६ जना गरी कुल दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा दुई सय ५१ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या शून्य छ। हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ९२ रहेको छ।