गृहपृष्ठ Featured प्रथम बाणगंगा सडक खाना महोत्सवको ८० प्रतिशत काम सम्पन्न : निर्देशक ठकुरी

प्रथम बाणगंगा सडक खाना महोत्सवको ८० प्रतिशत काम सम्पन्न : निर्देशक ठकुरी

वैखरी अनलाईन : प्रथम बाणगंगा सडक खाना महोत्सवको ८० प्रतिशत काम  सम्पन्न भएको छ । भोलि शुक्रबार हुने प्रथम बाणगंगा सडक खाना महोत्सवको ८० प्रतिशत तयारी सम्पन्न भएको महोत्सवका निर्देशक सुसिल सिंह ठकुरीले वैखरी अनलाईनलाई जानकारी दिए । निर्देशक ठकुरीले महोत्सव ऐतिहासिक हुने दाबी समेत गरेका छन् । उनले महोत्सवलाई सफल बनाउन जिल्लाका सम्पूर्ण होटल व्यवसायी तथा विभिन्न जनजाती, भेषभुषाका प्रतिनिधिहरुलाई सहयोग हुन आग्रह गरेका छन् । उनले सडक खाना महोत्सवमा खानाका स्टल रहने तथा विभिन्न जातजातीका खानाका परिकार राखिने बताए ।

प्रथम बाणगंगा सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा गर्ने गरि काम अघि बढेको प्रथम बाणगंगा सडक खाना महोत्सवका संयोजक बुद्ध बहादुर रोका दिनेश क्षेत्रीले जानकारी दिए । कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई माथि उठाउन तथा मारमा परेका होटल व्यवसायीलाई केही राहात होस् भन्ने उद्देश्यले सडक खाना महोत्सव गर्न लागिएको बताए ।

बाणगंगा नगरपालिका वडा न. ४ ले एकै ठाँउबाट पहिचान सहितको धेरै स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न भोलि हुने महोत्सवमा विभिन्न जातजातिका फरक फरक स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागिएको र सोही कामको तयारी पुरा भएको संयोजक क्षेत्रीले बताए ।

सडक खाना महोत्सवमा स्थानीय स्तरमा रहेका मगर, गुरुङ, थारु, नेवार, पहाडी स्वादिष्ट परिकारहरु रहने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार