गृहपृष्ठ Featured कांग्रेसबाट निष्कासित शितगंगा-३ का वडाध्यक्ष भुसाल एमालेमा प्रवेश

कांग्रेसबाट निष्कासित शितगंगा-३ का वडाध्यक्ष भुसाल एमालेमा प्रवेश

प्रकाशित मिति:

कपिलवस्तु : शितगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा कांग्रेस शितगंगा नगर सचिव हेमनाथ भुसाल एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले सितगंगा नगर अध्यक्ष बन्त श्रेष्ठले विहविार एक कार्यक्रमका विच एमालेमा प्रवेश गराउनु भएको हो । पार्टी प्रवेशपछि अध्यक्ष भुसाललाई नेपाली कांग्रेस अर्घाखाँचीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

काग्रेशको संगठन प्रद्धति निरन्कुस रहेकोले पनि काग्रेसबाट परिवर्तन नदेखिने भएकोले एमाले प्रवेस गरेको भुसालले बताए । बिद्यार्थीकाल देखि एमालेका विभिन्न कमिटीहरुमा रहँदै काम गरेका भुसाल कम्युनिस्ट राजनितिमा लामो समय रहेका थिए । नेकपा एमाले र माओबादीका शितगंगा नगरपालिकाका सिर्ष नेताहरु समेत उनले संगठित गरेका नेताहरु अहिले पाटीको नेत्तृत्वमन रहेका छन ।

जन्मदै एमालेमा रहेकोले बिगतमा काग्रेसमा लागे पनि अब आफ्नै घरमा फर्कदा खुशी लागेको भुसालले बताए । एमालेमा चुनाव लड्न नभइ पाटीको आस्था प्रति र सांगठनिक गतिबिधी प्रति सधै आक्रषक रहेकोले अबसरको लागिएमाले प्रवेस नगरेको भुसालले बताए । काग्रेसमा अहिले पनि आफू टिकट पाउनेमा पहिलो रहेको भए पनि राजनितिक संस्कार कमजोर रहेकोले पाटी छाडेको भुसालको भनाइ छ ।

सम्बन्धित् समाचार