गृहपृष्ठ Featured सत्ताको उन्मादले देश, जनता र संविधानको हित गर्दैन : अध्यक्ष ओली

सत्ताको उन्मादले देश, जनता र संविधानको हित गर्दैन : अध्यक्ष ओली

प्रकाशित मिति:

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको उन्मादले देश र जनताको हित नगर्ने बताएका छन्। नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सत्तागठबन्धनका दलहरुलाई इंगित गर्दै अध्यक्ष ओलीले कहिले काहिँ परमादेशको बलमा शक्तिहिनहरु पनि सत्तामा जाने र उनीहरुमा उन्माद चढ्ने टिप्पणी गरे। त्यस्तो उन्मादले देश, जनता र नागरिक कसैको पनि रक्षा नगर्ने उनले बताए।

‘सरकार सत्तामा हुन्छ, सत्ताले उन्माद जन्माउन सक्छ। सबैभन्दा खराब कुरा के हो भने सत्ताले उन्माद जन्माउँछ। कहिलेकहिले खासै शक्ति नभएका व्यक्तिहरु पनि अनेक जालझेल, तिकडम आदी इत्यादी गरी परमादेश जारी भएका बखत हुलमुलमा पावरमा पुग्न सक्छन्। त्यसरी पावरमा पुगे भने त्यस्ता मान्छेमा उन्माद चड्न सक्छ। र, त्यो उन्मादले देश र जनताको हित, संविधाानको रक्षा पर्टी वास्ता गर्दैन,’ उनले भने।

नागरिकप्रतिको आफ्नो उत्तरदायीत्वलाई प्राथमिकता दिनुपर्ने भन्दै अध्यक्ष ओलीले कर्मचारीहरुलाई नागरिकप्रतिको कर्तव्य निर्वाह गर्न आग्रह गरे।

सम्बन्धित् समाचार