गृहपृष्ठ Featured जसपा संघीय परिषद्को बैठक सुरु

जसपा संघीय परिषद्को बैठक सुरु

प्रकाशित मिति:

काठमाडौं : जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईको अध्यक्षतामा राजधानीमा बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

२३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक रहेका छन् । प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले यो दस्तावेज पूर्ण नभएको र पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए ।

प्रतिवेदनमा जसपा र अरु पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको उनको भनाई छ ।

दस्तावेजमाथि सामूहिक छलफल हुनेछ । परिषद्को बैठक आज एक दिन मात्र चल्ने छ । भोलिदेखि केन्द्रीय समितिको बैठक बस्ने जसपाका एक नेताले जानकारी दिए ।

सम्बन्धित् समाचार