गृहपृष्ठ Featured सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना : २ जनाको मृत्यु,

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना : २ जनाको मृत्यु,

प्रकाशित मिति:

सिन्धुली : सिन्धुली–मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली नजिक ठाकुरखोला पुलमा जन्ती बोकेको टिपर आइतबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २६ जना जन्ती घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बाढीगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको जन्ती बोकेको ना ३ ख ७४९० नम्बरको टिपर सिर्थौली नजिकै ठाकुरखोला पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परी उदयपुरको कटारी नगरपालिका–२ का २४ वर्षीय अजय दनुवार र सोही ठाउँका १९ वर्षीय दिपेन्द्र कुमरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी विमलराज कँडेलले जानकारी दिए । बेहुला–बेहुली भने छुट्टै गाडीमा भएकाले दुर्घटनाबाट जोगिएका छन् ।

घाइतेमध्ये ७ जनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल, ४ जनालाई काठमाडौं, एक जना कटारीको सगरमाथा अस्पताल, दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । १० जना भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

दुर्घटनाको कारणबारे छानबिन भइरहेको एसपी कँडेलले जनाए ।

सम्बन्धित् समाचार