गृहपृष्ठ Featured अर्घाखाँचीमा तीनै तहको चुनावमा गठबन्धन गरेर अघि बढ्ने पाँच दलको सहमति

अर्घाखाँचीमा तीनै तहको चुनावमा गठबन्धन गरेर अघि बढ्ने पाँच दलको सहमति

प्रकाशित मिति:

अर्घाखाँची : अर्घाखाँचीमा अब हुने तीनै तहको चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने पाँच दलबीच सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले सन्धिखर्कमा आज सोमवार पत्रकार सम्मेलन गरी स्थानीय, प्रदेश र सङ्घीय चुनावका साथै जिल्लास्तरीय सङ्घ–संस्थाका चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने जानकारी गराएका छन् ।

पाँच दलका शीर्ष नेताहरूको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।

संयुक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सदस्य छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेरबहादुर बिसी, नेकपा समाजवादी का जिल्ला अध्यक्ष रामबहादुर चौहान र जसपाका जिल्ला अध्यक्ष जिन्दक खड्कालगायत उपस्थित थिए ।

सम्बन्धित् समाचार