गृहपृष्ठ Featured ऋचा शर्माको फिल्म ‘कौसीद’ आगामी जेठ २७ मा रिलिज हुने

ऋचा शर्माको फिल्म ‘कौसीद’ आगामी जेठ २७ मा रिलिज हुने

काठमाडौं : फिल्म ‘कौसीद’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। अभिनेत्री ऋचा शर्मा अभिनीत यो फिल्म आगामी वर्षको जेठ २७ मा रिलिज हुने पक्का भएको हो।

शर्माले फिल्मको पोस्टर सेयर गदै रिलिज मितिबारे जानकारी दिएकी हुन्। ऋचाको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई कुमार भाष्करले निर्देशन गरेका छन्। फिल्मले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ समेटेको छ।

फिल्ममा ऋचाका साथै भोलाराज सापकोटा र रुपेश दाहाल, परिक्षीत विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

केदार भुसाल निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा रुपमा दिमेश श्रेष्ठ तथा सह(निर्मातामा लक्ष्मण बानियाँ रहेका छन्। निर्देशक भाष्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्।

सम्बन्धित् समाचार