काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज टेलिफोनमा कुराकानी हुँदैछ ।
रुससँग चीनको सम्बन्ध र थप क्रूर बन्दै गइरहेको युक्रेन युद्धप्रति उसको अडानलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरिरहेका बेला दुवै राष्ट्रपतिले कुराकानी गर्न लागेका हुन् । बाइडेन र सीबीच नोभेम्बरपछि पहिलो पटक सिधा कुराकानी हुन लागेको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकाले युक्रेनमा आक्रमण गरेको रुसलाई कुनै पनि सैन्य सहायता नदिन चीनलाई चेतावनी दिइसकेको छ ।
शुक्रबारको कुराकानीमा बाइडेनले रुसी हमलाप्रति समर्थन जनाए परिणाम भोग्नु पर्ने भनेर प्रस्ट रुपमा बताउने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले जानकारी दिएका छन् ।
-एजेन्सी








