सागर वि.क.(वैखरी अनलाईन) : १० औँ कपिलवस्तु डान्स आइडल सुरु भएको छ । महोत्सवको बिशेष प्रस्तुतिको रुपमा रहेको कपिलवस्तु डान्स आइडल महोत्सवको दास्रो दिन आज शुक्रबारबाट सुरु भएको हो । डान्स आइडल संयोजक बिरेन्द्र खाँणका अनुसार आज डान्स आइडलमा १४ जना प्रतियोगीले आफ्नो प्रस्तुति राखेका छन् ।
शनिबारबाट मतदान सुरु हुने र त्यसको परिणाम आईतबार प्रस्तुत गरिने संयोजक खाँणले जानकारी दिनुभयो । आइडलमा प्रथम हुनेले नगद रु. १ लाख ११ हजार एक सय ११ मेडल र प्रमाण पत्र, द्धित्तीय हुनेले नगद रु ७७ हजार ७ सय ७७ मेडल र प्रमाण पत्र, तृत्तिय हुनेले नगद रु ५५ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र पाउने खाणले जानकारी दिए । त्यस्तै सान्तवना हुने २ जनाले २५ हजार नगर मेडल र प्रमाण् पत्र पाउने छ ।
यता महोत्सवको दोस्रो दिन शुक्रबार आज करिब ५ हजार बढी दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताएका छन् । महोत्सवको आकर्षकको रुपमा रहेको प्रवेश गर्ने मूलगेट बुर्ज खलिफाले दर्शकको ध्यान तान्न सफल भएको उहाँले दाबी गर्नुभयो । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि महोत्सव सजाईएको उहाँले बताउनुभयो ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण सावित भईरहेको उनको भनाइ छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।