गृहपृष्ठ Featured उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

चारजना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। ुनर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको छ,ु अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन्।

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो। ुअमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ,ु प्रवक्ताले भने। अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नेटो सैन्य अभ्यासमा भाग लिइरहेको बताएका छन्। रासस/एएनआई

सम्बन्धित् समाचार