गृहपृष्ठ Featured १२ औं कपिलवस्तु महोत्सव : भोलि प्रमोद खरेलको अगमन

१२ औं कपिलवस्तु महोत्सव : भोलि प्रमोद खरेलको अगमन

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तेस्रो दिन २० हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवको तेस्रो दिन आज शनिबार २० हजार बढी दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । यो गर्मीको मौसममा पनि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको महासचिव पौडेलले बताउनुभयो । महासचिव पौडेलका अनुसार आज करिब ३० लाख बराबरको आर्थिक कारोबार भएको छ ।

महोत्सवमा शनिबार स्थानीय तथा राष्ट्रिय कलाकारले बेजोड प्रस्तुति राखेका छन् । लोक दोहोरी खुमन अधिकारी, शिलु भट्टाराई, शिव खनाल, शारदा खनालले बेजोड प्रस्तुति राखेको वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।

यस्तै डान्सर तथा मोडल असिम क्षेत्री, अभिषेक खड्का, सदिक्षा चौधरी र लोक दोहारी गायक नारायण लेकालीले प्रस्तुति राखेको उहाँले जानकारी दिनुभयो ।

निर्देशक रेस्मीका अनुसार भोलि आईतबार चर्चित आधुनिक गायक प्रमोद खरेल, लोक गायक विक्रमबाबु विश्वकर्मा, वर्षा थापा लगायतको बेजोड प्रस्तुति रहने छ । यस्तै आज १० औं कपिलवस्तु डान्स आईडलतर्फ १२ जना प्रतियोगीले आआफ्नो नृत्य प्रस्तुत गरेका डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार भोलिबाट भोटिङ सुरु हुने छ भने भोलि नै एक जना प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा एक जना प्रतियोगिताबाट बाहिरिने छन् ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार