गृहपृष्ठ Featured १२ औं कपिलवस्तु महोत्सव : आज प्रमोद खरेल आउँदै

१२ औं कपिलवस्तु महोत्सव : आज प्रमोद खरेल आउँदै

वैखरी अनलाईन : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा आज चर्चित आधुनिक गायक प्रमोद खरेल आउँने भएका छन् । महोत्सवको चौथो दिन चर्चित आधुनिक गायक प्रमोद खरेलसहित लोक गायक विक्रमबाबु विश्वकर्मा, वर्षा थापा लगायतको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।

हिजो शनिबार १० औं कपिलवस्तु डान्स आईडलतर्फ १२ जना प्रतियोगीले आआफ्नो नृत्य प्रस्तुत गरेका डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार आजबाट भोटिङ सुरु हुने छ भने आज नै एक जना प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा एक जना प्रतियोगिताबाट बाहिरिने छन् ।

महोत्सवको तेस्रो दिन आज शनिबार २० हजार बढी दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । यो गर्मीको मौसममा पनि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको महासचिव पौडेलले बताउनुभयो । महासचिव पौडेलका अनुसार हिजो करिब ३० लाख बराबरको आर्थिक कारोबार भएको छ ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार