गृहपृष्ठ Featured कपिलवस्तुलाई विश्वभर चिनाउन महोत्सव महत्वपूर्ण सावित भईरहेको छ : अध्यक्ष घिमिरे

कपिलवस्तुलाई विश्वभर चिनाउन महोत्सव महत्वपूर्ण सावित भईरहेको छ : अध्यक्ष घिमिरे

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्षडोलकराम घिमिरेले १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिकप्रदर्शनी कपिलवस्तुलाई चिनाउन महत्वपूर्ण सावित भईरहेको बताउनुभएको छ । महोत्सवकासंयोजक समेत रहेनुभएका अध्यक्ष घिमिरेले कपिलवस्तुसहित देश तथा विदेशबाट समेतमहोत्सवको अवलोकन भईरहेको बताउँदै यस्तो दाबी गर्नुभएको हो ।

यस क्षेत्रमाविभिन्न कार्यक्रम तथा परियोजनामा काम गर्ने क्रममा विदेशी पाहुँनाहरु आउने र त्योक्रममा महोत्सव स्थलमा आएर अवलोकन गरिरहेको उहाँले बताउनुभयो । महोत्सव स्थलमा यसक्षेत्रको समग्र पहिचान झल्किने गरि पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलकोप्रवर्द्धन गर्ने गरि व्यवस्थापन भईरहेको उहाँले बताउनुभयो ।

साथै यस क्षेत्रको उद्योग,व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धनगर्न महोत्सव महत्वपूर्ण सावित भईरहेको उहाँको भनाइ छ । महोत्सवमा योगर्मीका बाबजुत थप उत्साह छाउँदै गएको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योगबाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र रस्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो ।महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाखबढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरकोकारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार