गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा आज एकैदिन १८ हजारले गरे अवलोकन

कपिलवस्तु महोत्सवमा आज एकैदिन १८ हजारले गरे अवलोकन

प्रकाशित मिति:

वैखरी अनलाईन : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा दर्शकको दिनप्रतिदिन उत्साह बढ्दै गएको छ । महोत्सवको नवौं दिन १८ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा शुक्रबार आज १८ हजार दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । महासचिव पौडेलका अनुसार आज करिब २५ लाख बराबरको आर्थिक कारोबार भएको छ ।

महोत्सवमा यो गर्मीका बाबजुत थप उत्साह छाउँदै गएको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो । महोत्सव कपिलवस्तुलाई संसारभर चिनाउन महत्वपूर्ण सावित भईरहेको बताउनुभएको उहाँको भनाई छ । आज पशुपति शर्मा, प्रिति आलेसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेको कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो । निर्देशक रेस्मीका अनुसार भोलि शनिबार चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, आधुनिक गायक रमेशराज भट्टराईसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।

यस्तै आज १० औं कपिलवस्तु डान्स आईडलतर्फ ७ जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गरेका छन् । जसमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार आज अनुवि खाँण प्रतियोगिताबाट बाहिरिएकी हुन् । प्रतियोगिताबाट बाहिहिनेलाई आयोजकले सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गर्दै आएको छ ।

प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा प्रतियोगिताबाट बाहिरिने छन् ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

 

सम्बन्धित् समाचार