गृहपृष्ठ Featured ‘बाहुबली २’ को कीर्तिमान ‘आरआरआर’ले तोड्यो

‘बाहुबली २’ को कीर्तिमान ‘आरआरआर’ले तोड्यो

प्रकाशित मिति:

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित तेलुगु फिल्म ुआरआरआरुले नेपालमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ। प्रदर्शनमा आएको दोस्रो दिन पनि सबै शो हाउसफुल भएका छन्।

५ अर्ब ५० करोड (भारु) लगानी रहेको फिल्मले पहिलो दिन भारतमा मात्रै १ अर्ब ३० करोडभन्दा माथिको बक्स अफिस कलेक्सन गरेको छ। जुन भारतीय फिल्म इतिहासमा सबैभन्दा धेरै हो। यो सँगै एसएस राजामौलीले आफ्नै अघिल्लो फिल्म ‘बाहुबली २’ को कीर्तिमान भङ्ग गरेका छन्।

‘बाहुबली २’ ले पहिलो दिन भारतमा मात्रै १ अर्ब २१ करोडको कमाइ गरेको थियो। त्यस्तै फिल्मले पहिलो दिन विश्वभरबाट २ अर्ब ५७ करोडभन्दा माथिको कारोबार गरेको थियो। भारतीय सिनेमा उद्याेगका लागि याे पनि नयाँ कीर्तिमान हाे। ‘आरआरआर’ शुक्रबारदेखि भारत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, नेपाल लगायतका विभिन्न देशमा अत्यधिक शोका साथ फिल्म प्रदर्शन भइरहेको छ।

फिल्मले डिजिटल प्लाटफर्म र स्याटेलाइट प्रसारणको कपीराइट बिक्रीबाट अर्बभन्दा धेरै कमाइ प्रदर्शनअघि नै गरिसकेको थियो। प्रदर्शनको दोस्रो दिन पहिलो दिनको तुलनामा अझ बढी कलेक्सन गर्ने देखिएको छ। पहिलो दिन दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि दोस्रो दिन दर्शकको चाप झन् बढेको हो। यो सँगै दुई दिन पछिसम्मका लागि बुकिङ पनि बढेको छ।

पिरियड एक्सन ड्रामा जनरामा बनेको फिल्ममा राम चरण, जुनियर एनटिआर, अजय देवगन, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। अजय र आलियाको यो पहिलो दक्षिण भारतीय फिल्म हो। ‘आरआरआर’ तेलुगुसँगै हिन्दी, तमिल, कन्नड, मलयालम लगायतका भाषामा दश हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको थियो।

सम्बन्धित् समाचार