गृहपृष्ठ Featured जुना सिंजालीले जितिन् १० औँ ‘कपिलवस्तु डान्स आईडल’ को उपाधि

जुना सिंजालीले जितिन् १० औँ ‘कपिलवस्तु डान्स आईडल’ को उपाधि

प्रकाशित मिति:

कपिलवस्तु : १० औँ कपिलवस्तु डान्स आईडलको उपाधी जुना सिंजालीले जितेकी छिन् ।  १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७८ को प्रमुख आकर्षणको रुपमा रहेको डान्स आईडलको उपाधी सिंजालीले आईतबार आज जितेकी हुन् ।

त्यस्तै डान्स आईलको द्धितीय कोपिला क्षेत्री र संगम रोका मगर तृतीय हुन सफल भएका छन् । दर्शकको भोट र निर्णायकको मुल्यांकनबाट डान्स आईडलको नतिजा सार्वजनिक गरिएको हो ।

रोशनी परियार र अन्जली परियार ले सान्त्वना स्थान हासिँल गर्न सफल भएका आईडल संयोजक विरेन्द्र खाँणले बताए ।

यो संगै प्रथम हुनेले १ लाख ११ हजार १ सय ११, द्धितीय हुनेले ७७ हजार ७ सय ७७, तृतीय हुनेले ४४ हजार ४ सय ४४ तथा सान्तवना हुने दुई जनाले २५ हजार र प्रमाण पत्र प्राप्त गरेका आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार