सागर वि.क.(वैखरी अनलाईन) : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य ध्रुब रायमाझीले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउँदा जिल्लामा राप्रपा थप मजबुत हुने दाबी गरेका छन् । वैखरी अनलाईनसंग सक्षिप्त कुराकानी गर्दै केन्द्रिय सदस्य रायमाझीले यस्तो दाबी गरेका हुन् ।
बुधबार अध्यक्ष लिङ्देन कपिलवस्तु आउने र विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्ने नवप्रवेशीलाई स्वागत गर्ने उनले बताए । उनले जिल्लाको बाणगंगा १ जितपुरस्थित बुद्धरंगशालामा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रमको तयारी करिब अन्तिम चरणमा रहेको बताए ।
उनले भने, ‘पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउँदा जिल्लामा राप्रपा थप मजबुद हुन्छ । अरु पार्टीलाई पनि धक्काको महसुस हुने छ, जसले हाम्रो पार्टीप्रति जनताको आकर्षण प्रकट हुने छ ।’








