गृहपृष्ठ Featured गृहमन्त्री खाँण कार्यबाहक प्रधानमन्त्री

गृहमन्त्री खाँण कार्यबाहक प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिउँसो छिमेकी भारतको तीन दिने औपचारिक भ्रमणमा गएकाले उनले सम्हाल्दै आएको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ।

राष्ट्रपति कार्यालयबाट शुक्रबार दिउँसो जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको अनुपस्थितीमा उनले गर्ने दैनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्री खाँणले सम्हाल्ने छन्।

प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

सम्बन्धित् समाचार