कपिलवस्तु : कपिलवस्तुमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आवद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ । कपिलवस्तुको तौलिहवामा नेपाली कांग्रेसको पार्टी कार्यालयमा पाच दलका नेताहरुको बैठकले कांग्रेस जिल्ला सभापति अब्दुल कलाम खा अध्यक्षतामा ५ सदस्यीय संयन्त्र गठन गरिएको हो ।
सो संयन्त्रमा नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र शाह, जनता समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, एकीकृत समाजबादी पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमाल र राष्ट्रिय जनमार्चाका जिल्ला अध्यक्ष दधीराम आचार्य सदस्य छन । जिल्लामा रहेको पाच पार्टीको केन्द्रिय र जिल्ला स्तीयर नेता बैठकमा सहभागी थिए । केन्द्रिय कार्य समितिले गठबन्धका बिषयमा गरेका परिपत्र अनुसार संयन्त्र निर्माण गरिएको कांग्रेस जिल्ला अध्यक्ष तथा संयन्त्रका अध्यक्ष कलामले बताए ।
बैठकमा १० पालिकामा आ–आफनो दलको अवस्था, एमालेमा सांसद बृजशे कुमारको समुह प्रबेश गरे पछि त्यसले पारेको प्रभाव लगायतका निर्वाचन केन्द्रित बिषयबस्तुहरु छलफल गरिएको कांग्रेस नेता दीप कुमार उपाध्ययाले बताए । जिल्लामा कुन दलका के हैसियत छ त्यस बारे सामान्य छलफल गरी बैशाख २१ गते भित्र अध्ययन गरी बुझाउने निर्णय भएको कांग्रेस नेता एवं सासद अतहर कमालले बताए । जनता समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष कैलेन्द्र यादवले जिल्लामा गठबन्ध गरी जाने बिषयको बिधिवत सूरुवात भएको बताए । उनले जिल्लामा वडा देखि पालिका सम्म पनि पाच दल बिच गठबन्ध हुन सक्ने बताए । बैशाख २१ गते दिउसो ३ बजे संयन्त्रको अर्को बैठक बस्ने जनाइएको छ ।
बैठकमा कांग्रेस पुर्व केन्द्रिय सदस्य राजेश सिंह, कांग्रेस पुर्व जिल्ला सभापति सुधाकर पाण्डे नेता कमलेश कुमार शर्मा, क्षेत्रीय अध्यक्ष केशव कुमार श्रेष्ठ, माओबादी केन्द्रका नेता कमल चुदाली, एकीकृत समाजबादीका केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री र जिल्ला सचिवालय सदस्य सरोज पौडल, जनता समाजबादीका केन्द्रिय सदस्य नारायण खनाल र प्रदेश सह अध्यक्ष अब्दुल रसिद खा, राष्ट्रि जनमार्चाका नेता शिव पौडेल लगातयका सहभागीता थियो । कपिलवस्तुमा २०७४ को निर्वाचनमा कांग्रेसले ६, एमालेले २, जनना समाजबादी पार्टीले २ पालिकामा जितेको थियो ।








