भनिन्छ युवाहरू पराग नभएर पालुवा हुन् । यसरी नै युवाहरू चित्त नभएर चेतना हुन् र काया नभएर कर्म हुन् । यसलाई सोझो अर्थमा किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई युवा भनिन्छ । यसर्थ युवा जनसंख्याको सबैभन्दा सक्रिय, ऊर्जाशील एवं गतिशील वर्गमा पर्दछ । युवाहरूले यो राष्टले हामीलाई के दियो र के पाएभन्दा पनि हामीले के दियौ अनि के दिनेछौ भनेर सोच्ने बेला आएको छ ।
राजनीति एक संस्कार पनि हो । यो संस्कारले देश, जनता र दुबैको भविष्य निर्धारण गर्दछ र यो सत्य हो । त्यसैले आमयुवाले देशको चौतर्फि विकासका लागि राजनीतिमा सकारात्मक भूमिका लिनु जरुरी छ । राजनीति भनेकै राज्य सञ्चालन कसरी गर्ने भन्ने नीति भएकाले स्वतः युवाहरुको विकास पनि यसैमा निहित रहेको छ ।
तसर्थ, योग्य, सक्षम युवाको खाचो नेपाल र नेपाली राजनीतिले टड्कारो आवश्यकता महसुस गरेको छ । छिटोभन्दा छिटो यसको पूर्ति गर्नतर्फ हामी युवा लाग्नु पर्दछ । लालअविवादन !
-(लेखक : छविरेस्मी मगर)