गृहपृष्ठ Featured बाँकेबाट साफ भएको नेकपा एस भन्ने पार्टीका कार्यकर्ता अब खोजेर पनि पाइँदैनन् : ओली

बाँकेबाट साफ भएको नेकपा एस भन्ने पार्टीका कार्यकर्ता अब खोजेर पनि पाइँदैनन् : ओली

नेपालगन्ज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने दाबी गरेका छन् । उनले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताए ।

बिहीबार बिहान नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताए ।

अध्यक्ष ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् । ‘नेकपा ९एस० भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उनले भने,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभरि जनलहर चलेको छ ।’

उनले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गरे । नेपालगन्जमा सम्बोधनपछि अध्यक्ष ओली बर्दिया गएका छन् ।

सम्बन्धित् समाचार