गृहपृष्ठ Featured कपिलवस्तुमा नेता-कार्यकर्ताको भावना अनुरुप नै गठबन्धन : कांग्रेस कपिलवस्तु सचिव ठकुरी

कपिलवस्तुमा नेता-कार्यकर्ताको भावना अनुरुप नै गठबन्धन : कांग्रेस कपिलवस्तु सचिव ठकुरी

सागर वि.क.(वैखरी अनलाईन) : नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्ति सिंह ठकुरीले नेता-कार्यकर्ताको भावना अनुरुप नै गठबन्धन हुने बताएका छन् । उनले आवश्यकताका आधारमा कपिलवस्तुका कति पय स्थानीयतहमा गठबन्धन भएता पनि केही नहुने संकेत समेत गरे ।

‘कपिलवस्तुमा नेता-कार्यकर्ताको भावना अनुरुप नै गठबन्धन हुन्छ, सबैको विचार भावनालाई समेटेर अघि बढ्छौं’ उनले भने ।

केन्द्रको निर्देशन अनुसार अहिले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच निरन्तर छलफल भईरहेको उनले बताए । छलफलबाट प्राप्त निष्कर्षका आधारमा गठबन्धन हुने उनले स्पष्ट समेत पारे ।

शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको बैठक रहेको र सोही बैठकमा गठबन्धनका बारेमा थप छलफल हुने उनले बताए ।

नेकपा एमालेलाई कसरी परास्त गर्न सकिन्छ भन्नेमा सबै सत्तारुढ गठबन्धनको जोड रहेको बताउँदै उनले एमालेलाई साईजमा ल्याउन गठबन्धन गरिएको बताए । ‘एमालेलाई कसरी परास्त गर्न सकिन्छ भन्नेमा सबै दलको जोड छ । एमालेलाई साईजमा ल्याउन नै गठबन्धन हो’ उनले भने ।

सम्बन्धित् समाचार