सुर्खेत : जुम्ला रारा अल्ट्रा म्याराथन शनिबार सुरु भएको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको म्याराथनको उद्घाटन शनिबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् ।
म्याराथनमा एक विदेशीसहित ७७ जनाले भाग लिएका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकैबाट सुरु भएको म्याराथन रारातालसम्म पुगेर सकिने छ ।
आयोजक क्लबका अध्यक्ष सरोज शाहीका अनुसार तीन वर्षयता हरेक वर्ष जुम्ला खलंगादेखि मुगुको रारातालसम्मको ४९ किलोमिटर लामो अल्ट्रा म्याराथन प्रतियोगिता भइरहेको छ ।








