गृहपृष्ठ Featured रणवीर र आलियाको ‘पवित्र यात्रा’ : आज मुम्बईको आलिशान बंगलामा विवाह हुँदै

रणवीर र आलियाको ‘पवित्र यात्रा’ : आज मुम्बईको आलिशान बंगलामा विवाह हुँदै

बलिउड ‘स्टार-कपल’ रणवीर कपुर र आलिया भट्ट आज विवाह बन्धनमा बाँधिदै छन्। रणवीर र आलियाको विवाहलाई भारतीय फिल्म उद्योगकै सबैभन्दा बहुप्रतिक्षित मानिएको छ।

आजको विवाह समारोहमा धेरै सेलिब्रेटीहरू उपस्थित भइरहेका छन्। उनीहरुको विवाह भारतीय सञ्चारमाध्यमका हेडलाइनमा छाएको छ। यो जोडीको नाम ट्वीटरमा ट्रेन्डिङमा छ भने सामाजिक सञ्जाल उनीहरुलाई दिइएको शुभकामनाले भरिएको छ।

विवाहबारे अभिनेत्री समेत रहेकी रणवीरकी आमा नीतु सिंहले बुधवार पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। विवाह रणवीरको घरमा हुने बताइएको छ। उनीहरुको विवाद मुम्बईको एक आकर्षक र सम्पन्न बंगलामा हुँदैछ।

रणवीर र आलियाले पहिलो पटक सँगै काम गरेको फिल्म ‘ब्रह्मास्त्र’ पनि यसै वर्ष सिनेमाघरमा रिलिज हुँदैछ। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहबारे मिडियामा पहिलै जानकारी भने सार्वजनिक गरिएको थिएन।

बलिउड सुपरस्टार अमिताभ बच्चनले इन्स्टाग्राममा उनीहरूलाई शुभकामना दिएका छन्।

सम्बन्धित् समाचार