गृहपृष्ठ Featured तरकारीको मूल्य छोइ नसक्नु, उपभोक्ता मारमा

तरकारीको मूल्य छोइ नसक्नु, उपभोक्ता मारमा

प्रकाशित मिति:

काठमाडौं : नेपाली बजारमा तरकारीको मूल्य आकाशिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो १२ दिनको दैनिक मूल्यसूची नियाल्दा तरकारीको मूल्य छोइनसक्नु अवस्थामा छ।

गत चैत १८ गते तीन सय रुपैयाँ प्रतिकिलो अधिकतममा विक्री भएको कागतीको मूल्य चैत ३० मा प्रतिकिलो अधिकतम ३७५ रुपैयाँ पुगेको छ।यस्तै, १५० रुपैंया प्रतिकिलो अधिकतममा विक्री भएको हरियो धनियाको मूल्य चैत ३० मा प्रतिकिलो अधिकतम २०० रुपैयाँ पुगेको छ।

समितिकाअनुसार चैत ३० मा स्थानीय काउलीको मूल्य प्रति केजी अधिकतम ४५ रुपैंया पुगेको छ। चैत १८ मा प्रति केजी ४० रुपैयाँ रहेको थियो।

चैत १८ मा १२० रुपैयाँ प्रतिकिलोमा विक्री हुँदै आएको च्याउ(कन्य)को मूल्य बढेर अधिकतम मूल्य २०० रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।

यस्तै, व्रोकाउलीको मूल्य पनि बढेको छ। हाल व्रोकाउलीको मूल्य ६५ रुपैंया प्रतिकेजी पुगेको छ। गत १८ चैतमा ब्रोकाउलीको मूल्य प्रति केजी अधिकतम ५५ रुपैयाँ रहेको थियो।

तोरीको सागको पनि मूल्य आकाशिएको छ। समितिकाअनुसार गत चैत १८ मा अधिकतम ५० रुपैयाँ केजी रहेको तोरीको सागको मूल्य बढेर अधिकतम ७० रुपैंया पुगेको छ।

बोडी तनेको मूल्य पनि बढेको छ। चैत १८ मा अधिकतम ६० रुपैयाँ प्रतिकिलो कायम रहेको थियो। समितिको नयाँ मूल्यसूचीअनुसार १२० रुपैयाँ प्रतिकिलो कायम रहेको छ।

यस्तै, लौकाको मूल्य पनि बढेको छ। हाल लौकाको मूल्य ७० रुपैयाँ प्रतिकेजी अधिकतम पुगेको छ। गत १८ चैतमा ब्रोकाउलीको मूल्य प्रति केजी अधिकतम ५० रुपैयाँ रहेको थियो।

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा उपभोक्ता निकै मारमा परेका छन्।

सम्बन्धित् समाचार