गृहपृष्ठ Featured ओयसिस सिनेमाज चार नम्बरमा भोलि अनमोल र सुहाना आउँदै

ओयसिस सिनेमाज चार नम्बरमा भोलि अनमोल र सुहाना आउँदै

प्रकाशित मिति:

वैखरी अनलाईन : नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को प्रमोशनको लागि कलाकारहरु कपिलवस्तु आउने भएका छन् । अहिले देशभर प्रदर्शनमा रहेको सोही फिल्मको प्रमोशनको लागि फिल्मका अभिनेता अनमोल के.सी., अभिनेत्री सुहाना थापासहितको टोली भोलि कपिलवस्तुको चारनम्बरमा आउने भएका हुन् । करिब दिउँसोको साढे १२ बजे उनीहरुको टोली चार नम्बर आईपुग्ने ओयसिस सिनेमाजका संचालक नविन भण्डारीले जानकारी दिए । उनीहरुले फिल्मप्रति दर्शकहरुको केकस्तो प्रतिक्रिया छ भन्ने बारे कुराकानी समेत गर्ने बताईएको छ । थापा र केसी पहिलो पटक कपिलवस्तु आउन लागेका हुन् ।

अभिनेता के.सी. युवायुवती माँझ निकै लोकप्रिय रहेका छन् । उनको आगमन हुने भएपछि यस क्षेत्रका दर्शकहरु उत्साहित बनेका छन् । अहिले टिकट बुकिङको काम चलिरहेको संचालक भण्डारीले बताए । उनले ’ए मेरो हजुर ४’ को तुलनामा ’केजिएफ २’ दर्शको चाप देखिएको बताए । उनका अनुसार ’ए मेरो हजुर ४’ मा विदाको समयमा दर्शकको राम्रो हुने गरेको छ ।

झरना थापाको निर्देशन तथा सुनिल कुमार थापाको निर्माणमा बनेको फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिएका छन् । सफल फिल्म सिरिजको चौथो फिल्म ’ए मेरो हजुर ४’ लाई प्रतीक्षित मानिएको थियो । फिल्मले प्रदर्शन मिति तोकिसकेपछि ’केजिएफ च्याप्टर २’ ले पनि सोही मितिमा आउने घोषणा गरेको थियो । ठूलो बजेटमा बनेको बहुप्रतिक्षित फिल्मसँग जुध्ने निश्चित भएपछि पनि निर्माता सुनिल कुमार थापा भने तोकिएकै मितिमा फिल्म प्रदर्शन गर्नेमा दृढ देखिएका थिए ।

नयाँ वर्षको अवसर पारेर ’ए मेरो हजुर ४’ र ’केजिएफ २’ अहिले हलमा प्रदर्शनमा रहेका छन् ।

सम्बन्धित् समाचार