गृहपृष्ठ Featured एमालेको पार्टी कार्यालय ओलीद्वारा उद्‍घाटन

एमालेको पार्टी कार्यालय ओलीद्वारा उद्‍घाटन

नेकपा एमालेले च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ। बल्खुस्थित पार्टी कार्यालयमा भूकम्पले क्षति पुर्‍याएपछि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनमा एमाले पार्टी कार्यालय सारिएको थियो।

त्यहाँबाट एक वर्षअघि मात्रै थापाथलीमा सारिएको पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिएको हो। नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले कार्यालयको उद्‍घाटन गरे। एमालेले प्रतिष्ठानको भवन भाडामा लिएर आफ्नो कार्यालय राखेको जनाएको छ।

सम्बन्धित् समाचार