काठमाडौं : नेकपा (एमाले)ले ठूला सहरमा रेल चलाउने र ठूला नदीमा जल यातायात चलाउने घोषणा गरेको छ । शुक्रबार सार्वजनिक एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रमा यो विषय उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ, “सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने ।”
यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अरू वैकल्पिक प्रबन्ध गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।







