कृष्ण कुमार यादव
कांग्रेस नेता तथा पूर्व सांसद विष्णुराज आचार्यको ७४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा शनिबार उनको निधन भएको हो । आचार्य २०४८ र ०५१ मा भएको प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । ०५३ मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता हुँदा उनी सचिव थिए । प्रतिबन्धित कालमा कांग्रेस जिल्ला समिति सदस्य रहेका थिए ।
उनी पछिल्लो समय मधुमेह रोगबाट ग्रसित थिए । खुट्टा भाँच्चिएर शल्यक्रिया गरेपछि उनी झनै थलिएको कपिलवस्तु कांग्रेस सभापति अब्दुल कलाम खाँले बताए । बुद्धभूमि नगरपालिका–९ स्थायी घर भएका आचार्यका ३ छोरी र श्रीमती छन् ।
आचार्यको निधनमा पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै गहिरो शोक व्यक्त गरेको पार्टी प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।








