गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिकामा उप-मेयर सहित ४८ जनाले दिए राजीनामा

कपिलवस्तु नगरपालिकामा उप-मेयर सहित ४८ जनाले दिए राजीनामा

कपिलवस्तु : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन उम्मेद्वारी दिने भन्दै कपिलवस्तु नगरपालिकाका उपमेयर सहित ४८ जना प्रतिनिधिले राजीनामा दिएका छन् । मेयर किरण सिंह, वडा नम्बर ९ का वडाध्यक्ष सहीत ४ सदस्यहरु र २ कार्यपालिका र केही वडा सदस्य बाहेक सबैले पदबाट राजीनमा दिएका हुन । उप मेयर लक्ष्मी गुप्ता, १२ वडा मध्ये ११ वडाका वडाध्यक्ष सहीत ४८ जनाले बैशाख ९ गते सम्म पदबाट राजीनमा दिएको प्रमुख प्रशासीय अधिकृत शेषकान्त पौडेलले बताए ।

सबैले मेयर किरण सिंहलाई राजीनामा दिएका हुन । सबैको राजीनामा स्विकृत समेत भई सकेको छ । मेयर किरण सिंहले बैशाख १० गते सम्म राजीनामा नगरेको पौडेलले बताए । यस्तै वडा नम्बर ९ का अध्यक्ष शिव बहादुर बाग्ले र वडा समितिका ४ जनाले नै अझै सम्म राजीनामा दिएका छैनन । वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडल, २ का अध्यक्ष रामभजनक लवार, ३ का प्रकाश गैरे, ४ का रबिन्द्र तिवारी, ५ का दिरेप कुमार चौधरी , ६ का रामदिनेश यादव, ७ धरमात्मामणि त्रिपाठी, , ८ का शिव प्रसाद पाण्डेय, १० का मोहनलाल शर्मा, ११ का रामगोपाल यादव र १२ का ओम प्रकाश पाण्डेले राजीनामा बुझाएका हुन । निर्वाचन आयोगलले चुनावमा लडन बाहालवाला जन प्रतनिधिहरुले अनिवार्य पदबाट राजीनामा दिनु पर्ने नियम बनाए पछि उनीहरुले पदबाट राजीनामा दिएका हुन ।

कांग्रेसबाट मेयरमा लडन ईच्छुक रहेकी पुवै उप मेयर गुप्तालेनगरको समग्र विकास र परिवर्तनकालागि आफु मेयरमा लडन चाहेको बताईन । कांग्रेसबाट मेयरमा टिकट पाएको चर्चा चले पनि अझै सम्म कांग्रेसले आधिकारिक निर्णय भने गरेका छैन । तर कांग्रेसका अधिकांस नेताहरुले लक्ष्मी गुप्ताले मेयरको टिकट पाउने दाबी गरेका छन । उता मेयरमा कांग्रेसबाट टिकट पाउनेमा ललीत गुरुङको समेत नाम चर्चामा छ । कांग्रेसको उप मेयरको टिकट कसले पाउनछ त्यो भने अझै स्पष्ट हुन सकेको छैन । प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, राजेश ज्ञवाली मध्ये एक जनाले मेयरको टिकट पाउने कांग्रेस नेताहरु बताउछन । तर ललित गूरुङले टिकट पाए भने कांग्रेसबाट महिला नेतुृले उप मेयरमा टिकट पाउनेछन । अब कपिलवस्तु नगरपालिकामा कांग्रेस एमाले र संघीय समाजबादी फोरम बिच प्रतिस्पर्धा हुने मतदाताहरु बताउन ।

वडाध्यक्षबाट राजीनामा दिएका सुदीप पौडल संघीय समाजबादी पार्टीबाट मेयरको टिकट पाए लगत्तै चुनामा हामिएका छन । यस्तै एमालेबाट मेयरमा राजशे गुप्ता समेत चुनावी अभियानलाई तीब्रता दिएका छन ।

 

सम्बन्धित् समाचार