गृहपृष्ठ Featured सन्त निरंकारी मण्डल नेपाल कपिलवस्तु शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

सन्त निरंकारी मण्डल नेपाल कपिलवस्तु शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाईन : सन्त निरंकारी मण्डल नेपाल कपिलवस्तु शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विशुद्ध अध्यात्मिक बिचारधारा बोकेको उक्त संस्थाले मानव एकता दिवसको अवसरमा कपिलवस्तुको यशोधरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रमबाट ८ युनिट रगत संकलन भएको सन्त निरंकारी मिशनका अनुयायी राजन रेग्मी ले जानकारी दिए ।

मानव एकता दिवसको अवसरमा “रगत नालिमा होईन, नाडिमा बगाऔं” भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको उनले बताए । देशभरका सबै जिल्लामा यस मिशनका अनुयायी रहेका सोही क्रममा कपिलवस्तुमा पनि यसका धेरै अनुयायी भयको उनको भनाई छ । कपिलवस्तुमा यस संस्थाले पहिलो पटक रक्तदान कार्यक्रम गरि मानव एकताको सन्देश दियको उनले बताए । सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक बिसुद्द अध्यात्मिक बिचारधारा हो ।

निरंकारी मिशनले अध्यात्मिक चेतना दिनुको साथै समाजिक कार्यमा पनि आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको छ ।

सम्बन्धित् समाचार