वैखरी अनलाइन
नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नः २ ले वडाध्यक्ष पदमा कांग्रेसका नेता रत्न बहादुर कार्कीलाई उठाउने भएको छ । नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नः २ ले कार्कीलाई वडाध्यक्ष पदमा उठाउनका लागी एकल नाम सिफारिस गरेको हो । कार्की वडा नः २ मा निकै लोकप्रिय नेताका रुपमा परिचित छन ।
उनले बिभिन्न सघं सस्थामा आवद्ध भई बिभिन्न जिम्मेवारी समेत पुरा गरी सकेका छन । उनी केही महिना अगाडी मात्र माओवादी केन्द्रबाट नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
उनी अहिले शोकमा रहेका छन । उनकी ममतामही माताको हालै निधन भएको छ । वडा नः २ ले पछिल्लो ३ बर्षमा वडाभित्र कांग्रेसलाई बलियो बनाउन ८ बुदे रणनैतिक योजनाका साथ काम गर्दै आएको वडाले बताएको छ । कार्कीले हाल आफु शोकमा रहेका कारण वडाबासीलाई भेटन घरघरमा आउन नसके पनि केही दिनमै सबै वडाबासीसामु पुग्ने बताएका छन ।








