गृहपृष्ठ Featured जसपा कपिलवस्तुका अध्यक्ष यादवले वडाध्यक्षको लागी दिएको उम्मेदवारी रद्द

जसपा कपिलवस्तुका अध्यक्ष यादवले वडाध्यक्षको लागी दिएको उम्मेदवारी रद्द

किरणमान बज्राचार्य(कपिलवस्तु) : जनता समाजवादी पार्टी नेपाल (जसपा) कपिलवस्तुका अध्यक्ष शैलेन्द्रकुमार यादवले वडाध्यक्षमा दिएको उम्मेदवारी रद्द भएको छ। लुम्बिनी प्रदेशको प्रदेश सदस्यको समानुपातिक तर्फ बन्द सूचीमा नाम रहेकोले उनले उम्मेदवारी रद्द गरिएको हो।

मायादेवी गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्ष लडनमा लागि उनले वैशाख १२ गते उम्मेदवारी दिएका थिए। मायादेवीमा खडा गरिएको निर्वाचन अधिकृतको कार्यालयले बैशाख १३ गते सुचना जारी गर्दै वडाध्यक्षा यादवको उम्मेदवारीमा रित नपुगको उल्लेख गरिएको छ।

निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले सूचना निकाल्दै रित पुगको व्यहोरा नसच्चाई पेश गरिएको उम्मेदवारी दर्ता नभएको बताए। निर्वाचन आयोगले आचरसंहितामा प्रतिनिधि सभा वा प्रदेश सभामा बन्द सूचीमा रहेकोले स्थानीय तहमा उम्मेदवार हुन बन्द सूचीबाट नाम हटाउनु पर्ने नियम बनाएका छ।

तर, यादवले बन्द सूचीमा नाम नै नहटाइ गत वैशाख १२ गते उम्मेदवारी दिएको र कम्पयुटरमा इन्ट्री गर्दा बन्द सूचीमा नाम नहटेको देखाएको अधिकृत गिरीले बताए। ‘बन्द सूचीमा नाम नहटेकाले वडाध्यक्षका उम्मेदवारको मनोनयन पत्र कम्प्युटरबाटै अस्किृत भयो’ उनले भने।

स्थानीय निर्वाचन ऐन २०७३ को दफा १९ को उप दफा ३ बमोजिम वडाध्यक्षका उम्मेदवार शैलेन्द्र यादवको मनोनय पत्रमा रित नपुगको जनाइएको छ। उनको उम्मेदवारी रद्द भएपछि सो वडामा अब समाजवादी पाटीका निवर्तमान वडाध्यक्ष सुकदेव तिवारी र कांग्रेसका वरिष्ठ तिवारीबीच प्रतिस्पर्धा हुने मतदाताहरु बताउँछन्।

सम्बन्धित् समाचार