डडेलधुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसले पार्टीबाट निस्कासन गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा र मल्ल पक्षबीच लामो समयदेखि विवाद थियो ।
स्थानीय तह निर्वाचनमा मल्ल समूहले एमालेसँग तालमेल गरेपछि कांग्रेसले कारबाही गरेको थियो ।








