वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा स्वतन्त्र समुहमध्य बाणगंगा ७ का नेत्र गिरिको स्वतन्त्र समुह सबैभन्दा बलियो देखिएको छ । नेकपा एमालेका लोकप्रिय नेता रहेका गिरिको दिन प्रतिदिन चुनावी माहोल तात्न थालेपछि उनको समुह झनपछि झन बलियो देखिन थालेको हो । बाणगंगामा २१ जनाले बिभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएको भएतापनि गिरि जत्तिको बलियो उम्मेदवार भने कोही देखिएको छैन ।

साबिकको मोतिपुर गाबिसलाई एमालेको लालकिल्ला बनाएका गिरिले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र समुह बनाई छाता चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रीएका छ । बैशाख १२ गते मनोनयन दर्तामा उनको साथमा आएका सर्मथकको हुल ठुला दलका वडाबाट आउने नेता तथा कार्यकर्ताहरुको तुलनामा निकै ठुलो देखिएको थियो । उनको उम्मेदवारीसगै नेपाली कांग्रेसले एमालेका उम्मेदवार भन्दा पनि नेत्र गिरिको स्वतन्त्र समुहसगं बढि डराउन थालेको छ । नेत्र गिरिको प्रभाव दिनहु जसो बढन थालेपछि कांग्रेसलेपनि चुनावी गतिविधिलाई त्यहाँ बढाएको छ ।
साविक मोतिपुर गाविसमा नेकपा एमालेलाई बलियो बनाउन उनको नेतृत्वदायी भुमिका रहेको थियो । निडर स्वभावका नेत्र गिरिको पक्षका अहिले साविक गाविसका अधिकांश नागरिक देखिएका छन । त्यसमध्य केही खुलेरै लागेका छन भने केही पार्टीले कारबाही गर्ने डरने मौन बसेका छन । राजनितिमा नेत्र गिरि पिडितै हुन भन्दै वडा नः ७ का रमेश थारुले प्रचारमा नहिडेपनि भोट भने नेत्र गिरिकै समुहलाई हाल्ने बताएका छन ।
प्रतिष्ठाको विषय भएकोले आफू कुनै हालतमा पछाडि नहटने नेत्र गिरीले बताए। वडा अध्यक्षका उम्मेदवार नेत्र गिरीले भने ८० वर्षीय आमा र सात भाइ बसेर आर्थिक र राजनीतिक रुपमा आफू पीडित भएकाले वडा अध्यक्षमा लड्ने सहमति भएको बताए।
भाइ विष्णु गिरीले सहमतिको उल्लंघन गरेको उनले बताए। गिरीले ७ भाई मध्ये ६ भाइ आफ्नो पक्षमा रहेको बताए। गिरीले आफ्नो र भाइको नाम जिल्लामा गएको तर जिल्लाले प्रलोभनमा परेर टिकट बाँडेको आरोप लगाए। गिरीले कामको मूल्याङ्कन पार्टीले नगरेको प्रति दुःख व्यक्त गरे।
पार्टीका वडा नंं. ७ अधिकांस बौद्धिक व्यक्तित्हरुको सुझावको आधारमा नेत्र गिरीलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले श्रोतले बताएको छ। पारिवारिक ७ भाइ र आमा समेतको बैठक बसी नेत्र गिरीलाई वडा अध्यक्षमा उम्मेलवार बनाउने र विष्णु गिरीलाई जिल्ला समन्वय समितिमा सिफारिस गर्ने पारिवारिक निर्णय भएको थियो।








