गृहपृष्ठ Featured नेपालविरुद्द जिम्बाब्वे : पहिलो एकदिवसीय खेल स्थगित

नेपालविरुद्द जिम्बाब्वे : पहिलो एकदिवसीय खेल स्थगित

प्रकाशित मिति:

काठमाडौँ : वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय क्रिकेट टससमेत नभइ स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिुभवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल बिहान ९ः३० बजेदेखि सुरु हुने भनिएको थियो ।

तर, लगातारको वर्षापछि खेल ओसिलो मैदानका कारण खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो । खेल तालिका पुनः मिलाइने समेत क्यानले जानकारी दिएको छ ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला र तीन खेलको टी–२० क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।

शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए ।

सम्बन्धित् समाचार